काठमाडौं। सरकारले विकास ऋणपत्र मार्फत ५ अर्ब ८४ करोड आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले ६ वर्ष लामो अवधिका लागि भदौ १ गते विकास ऋणपत्र २०८६ ‘ट’ जारी गर्ने भएको हो ।
सार्वजनिक सूचना गरेको कन्द्रीय बैंकले विकास ऋणपत्रको बिहीबार बोलकबोल हुने जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले तोकिएको मापदण्ड पूरा गरेर ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्रको ब्याज अर्धवार्षिक अर्थात् ६-६ महिनामा प्रदान गरिने बैंकले जनाएको छ ।
कुल ५ अर्ब ८४ करोड ऋणपत्रमध्ये ८५ प्रतिशत अर्थात् ४ अर्ब ९६ करोड ४० लाख रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत अर्थात् ८७ करोड ६० लाख रुपैयाँ विनाप्रतिस्पर्धा बिक्री गरिने बैंकले जनाएको छ।
Facebook Comment
Comment