दाउरा प्रहार गरी आमाको हत्या

दाउरा प्रहार गरी आमाको हत्या
सांकेतिक तस्वीर।

पाल्पा। पाल्पामा जेठो छोरोले आमाको हत्या गरेका छन्।

रिब्दीकोट ८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर शारुले ६२ वर्षीय आमा मेनुलाई सालको चिर्पटले शरीरका विभिन्न भागमा कुटपिट गरेका थिए। कुटपिटबाट घाइते उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

मदिरा सेवन गरेका कृष्णबहादुरले आमालाई दाउराले प्रहार गरी मारेको तथ्य प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए। छोरा कृष्णबहादुर सारुलाई प्रहरीले पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाइएको उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved