मुगु जिप दुर्घटनामा मृतकको संख्या पाँच पुग्यो

नेपालभ्युज

मुगु जिप दुर्घटनामा मृतकको संख्या पाँच पुग्यो
फाइल तश्वीर

सुर्खेत । मुगु जिप दुर्घटना परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । मुगुको सोरु गाउँपालिका– ७ सीप चिप्ले गौडामा जिप दुर्घटना हुँदा मृत्य हुनेको संख्या पाँच पुगेको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थरका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहरा र पिउस परियार रहेका छन् । त्यस्तै जिल्ला अस्पताल ल्याउँदै गर्दा सोरु गाउँपालिका– ५ का लोक जंग नेपालीको मृत्यु भएको हो ।

सोमबार दिउँसो २ बजे सोरुकोटबाट छुटेको ग १ ज ७७६२ नम्बरको जीप सोही गाँउपालिका–६ सिपपहिरो भन्ने स्थानमा पुग्दा सडकबाट चिप्लिँदा अनियन्त्रित भई दुर्घटना भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved