हिमालयन डिस्टिलरीको नाफामा ३७.५४ प्रतिशतले सङ्कुचन

नेपालभ्युज

हिमालयन डिस्टिलरीको नाफामा ३७.५४ प्रतिशतले सङ्कुचन

काठमाडौं। आर्थिक मन्दीका कारण हिमालयन डिस्टिलरी लिमिटेडको नाफामा सङ्कुचन आएको छ । बजारमा मदिराजन्य पदार्थको बिक्री वितरण घटेसँगै कम्पनीले ३७.५४ प्रतिशतले नाफा गुमाएर आर्थिक वर्ष २०७९-८० मा ६६ करोड १ लाख १७ हजार रुपैयाँ मात्रै नाफा कमाएको हो ।

आर्थिक वर्ष २०७८-७९ मा कम्पनीले १ अर्ब ५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएकोमा  यो  आर्थिक वर्षमा ८ अर्ब ५६ करोड रुपैयाँबाट घटेर ६ अर्ब ३८ करोड रुपैयाँमा झरेको छ ।  कम्पनीको उत्पादन बिक्रीबाट हुने यो आम्दानी अघिल्लो वर्षको तुलनामा २५.२२ प्रतिशतले कमी हो ।

यस्तै, समीक्षा वर्षमा कम्पनीको सञ्चालन नाफा पनि १ अर्ब ४७ करोड रुपैयाँबाट घटेर ९५ करोड २ लाख रुपैयाँमा सीमित भएको छ ।

कम्पनीले समग्र व्यवसायमा चालु पुँजीको अभाव, बैङ्कले प्रवाह गर्ने ऋण दिन ढिलाइ, ब्याजदरमा उच्च वृद्धि, बजारमा नयाँ ब्रान्डका मदिराहरूको आगमन, उच्च प्रतिस्पर्धाको अवस्थालगायत विभिन्न कारणले सम्पूर्ण अर्थतन्त्रमा असर पर्दा कारोबार घटेको जनाएको छ ।

हिमालयन डिस्टिलरीको हालको चुक्ता पुँजी २ अर्ब ४२ करोड ९५ लाख ६६ हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ९२ करोड ३३ लाख रुपैयाँ जम्मा रहेको छ । असार मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी घटेर २७ रुपैयाँ १७ पैसा झरेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ५० पैसा रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved