मुगुमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, पाँच जना घाइते

नेपालभ्युज

मुगुमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, पाँच जना घाइते
फाइल तश्वीर

मुगु। मुगुको सोरु गाँउपालिकाको केन्द्र सोरुकोटबाट जिल्ला सदरमुकाम गमगढीतर्फ छुटेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थरका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहरा र पिउस परियार रहेका छन् ।

सोमबार दिउँसो २ बजे सोरुकोटबाट छुटेको ग १ ज ७७६२ नम्बरको जीप सोही गाँउपालिका–६ सिपपहिरो भन्ने स्थानमा पुग्दा सडकबाट चिप्लिँदा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

जीप सडकबाट अन्दाजी तीन सय मिटर तल मुगु कर्णाली छेउ पुगेको र जिपमा सवार नौजना मध्ये दुई जनाको घटनास्थलमै र दुई जनाको बाटोमाा मृत्यु भएको जिल्ला कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक मोहन बस्नेतले जानकारी दिए ।

उनका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक छ । घटनास्थलबाट घाइते र मृतकहरूलाई आँसीधारा गाउँसम्म जीपमा र फुलीबाट एम्बुलेन्समा राखी जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटनास्थल सदरमुकाम गमगढीबाट तीन घण्टा सडक दूरीमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved