बाढी पहिरोले कुन कुन सडक बन्द छन् ?

नेपालभ्युज

बाढी पहिरोले कुन कुन सडक बन्द छन् ?
फाइल तस्वीर

काठमाडौं । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न ठाउँका सडक अवरुद्ध रहेका छन् ।

१९७ सडकमध्ये बाढी पहिरोका कारण ६ वटा सडक अवरुद्ध छन् भने ४२  वटा एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको छ ।

तमोर करिडोर अन्तर्गतको चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक, तानसेन–रिडी–कोरलाको म्याग्दी खण्ड, डुम्रे–बेशीसहर–चामे सडकको लमजुङ खण्ड, मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको मौवासे खोलामा  सडक बन्द छ ।

यस्तै,  बालाजु–त्रिशूली–धुन्चे –स्याफ्रुबेसी सडक र मध्यपहाडी राजमार्ग अन्तर्गत डडेलधुरा रडुवा खण्डमा सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved