‘जेलर’ हेर्न चेन्नई र बैंगलोरका कर्मचारीलाई बिदा, फिल्मको टिकट निःशुल्क

नेपालभ्युज

‘जेलर’ हेर्न चेन्नई र बैंगलोरका कर्मचारीलाई बिदा, फिल्मको टिकट निःशुल्क

मुम्बई। शुक्रबार रिलिज हुन लागेको रजनीकान्तको फिल्म ‘जेलर’ हेर्न चेन्नई र बैंगलोरका कार्यालयहरूले आफ्ना कर्मचारीहरूलाई एउटा गजबको उपहार दिएका छन् ।

समाचारअनुसार चेन्नई र बैंगलोरका धेरै कार्यालयहरूले १० अगस्तमा बिदा दिएका हुन्। यति मात्र होइन, धेरैजसो कार्यालयमा कर्मचारीलाई जेलर टिकटसमेत निःशुल्क दिइएको छ ।

रजनीकान्त २ वर्षपछि ‘जेलर‘ मा फुल एक्सन मोडमा धमाकेदार एन्ट्री गर्दैछन् । रजनीकान्तको यो एक्सन प्याक फिल्म हेर्न चेन्नई र बैंगलोरका धेरै अफिसमा कर्मचारीलाई बिदा दिइएको छ ।

आउँदै गरेको फिल्म जेलर रजनीकान्तको १६९औँ फिल्म हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved