एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवा जाँदै, प्रचण्ड नजाने

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा शुभकामना दिन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन जाँदैछन्।

नेपालभ्युज

एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवा जाँदै, प्रचण्ड नजाने

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा शुभकामना दिन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन जाँदैछन्। शुक्रबार मध्यान्न उद्घाटन हुने कार्यक्रमको लागि देउवा केही बेरमा चितवन पुग्ने कार्यक्रम छ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने महाधिवेशनमा सहभागी नहुने भएका छन्। आफ्नो निर्वाचन जिल्लामा महाधिवेशन गरेर आफूलाई चुनाव हराउने योजना एमालेले बनाएको भन्दै प्रचण्ड रुष्ट छन्। सो कारण उनी नजाने बताइएको छ। यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा, राजमोबाट चित्रबहादुर केसी लगायतका नेताहरु सहभागी हुनेछन्। उनीरुमध्ये अधिकांश नेताहरु बिहीबारै चितवन पुगिसकेकाछन्।

महाधिवेशनका लागि भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत १५ देशका अतिथि आउने पनि बताइएको छ। यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई भने एमालेले बहिष्कार नै गरेको छ। उनको दल अवैध भन्दै एमालेले नबोलाएको हो।


मंसिर गतेसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम छ। महाधिवेशनका लागि देशभरबाट पाँच लाखभन्दा बढी सहभागी हुने बताइएको छ। यस्तै महाधिवेशनमा दुई हजार एक सय ७५ प्रतिनिधि र एक सय २९ पर्यवेक्षक सहभागी हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved