वीरेन्द्रनगरका वडाध्यक्ष विष्ट चोरी र डाका मुद्दामा कारागार चलान

वीरेन्द्रनगरका वडाध्यक्ष विष्ट चोरी र डाका मुद्दामा कारागार चलान
सांकेतिक तस्वीर

सुर्खेत । चोरी र डाका मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विनोद विष्टलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्ला अदालत सुर्खेतले विष्टलाई पूर्पक्षका लागि कारागार चलान गरेको हो । जिल्ला अदालत सुर्खेतका न्यायाधीश मनोज श्रेष्ठको एकल इजलासले डाका तथा चोरी मुद्दमा वडाध्यक्ष विष्टसहित तीन जनालाई कारागार चलान गर्ने फैसला भएको हो । वडाध्यक्ष विष्टसँगै सुशिल गुरुङ्ग र बलिराज शाही पनि कारागार चलान भएका छन् ।

वडाध्यक्ष विष्टलाई २४ असारमा वडाध्यक्ष विष्टसहित पाँच जनाको टोलीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

अदालतले पाँच जनामध्ये दुई जना सन्तोष थापा र यामराज शाही भने दुई-दुई लाख धरौटीमा रिहा भएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वलदेव रावलले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved