काठमाडौं। भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जुलेबी’मा रत्नपार्कले जोडेको सम्बन्धको कथा देखाइएको छ। सार्वजनिक दुई मिनेट लामो ट्रेलरमा यौन मनोविज्ञानमा आधारित देखाइएको छ।
पटकथाकार तथा निर्देशक गणेशदेव पाण्डेले फिल्मबारे भने, ‘‘फिल्मका पात्रलाई रत्नपार्कले जोड्छ, यसको कथा सात पात्रको सम्बन्ध वरपर घुमेको छ। जुलेबी लेखक तथा निर्देशकको आफ्नो जीवनको भोगाइबाट उत्पन्न भएको कथा हो।’’
जसअनुसार सुरक्षा पन्तले यौन व्यवसायीको भूमिका निर्वाह गरेकी छिन्। सुशील सिटौलाको सम्बन्ध एकातिर निशा अधिकारी र अर्कोतिर सुरक्षाको चरित्रसँग जोडिएको छ।
फिल्ममा उषा रजक, तुफान थापा, पुष्कर कार्की, समीरमणि दीक्षित, मोनिका थापाको समेत मुख्य भूमिका छ।
चार महिला पात्रको कथा रहेको फिल्मको निर्माता पनि महिला नै हुन्। महिलाले भोग्ने सम्बन्धको कथाबारे फिल्म बनेको निर्मात्री आभा शर्माले बताइन्।
Facebook Comment
Comment