इस्लामिक देशहरूको संगठनले भन्यो : जम्मु कश्मीरमा भारतले गरेको एकतर्फी निर्णय फिर्ता लिनुपर्छ

नेपालभ्युज

इस्लामिक देशहरूको संगठनले भन्यो : जम्मु कश्मीरमा भारतले गरेको एकतर्फी निर्णय फिर्ता लिनुपर्छ
जम्मु कश्मीरलाई दिएको विशेष दर्जा खारेजीपछि भारतीय सेनाले गस्ती गर्दै । फाइल तश्वीर

एजेन्सी । इस्लामिक देशहरूको संगठन ओआईसीले जम्मू कश्मीरमा धारा ३७० हटाएको चार वर्ष पूरा भएकोमा एक विज्ञप्ति जारी गरेको छ।

ओआईसीले धारा ३७० हटाउने भारत सरकारको निर्णयलाई एकतर्फी भएको भन्दै जम्मू कश्मीरको अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ ।

ओआईसीले आफ्नो ट्वीटमा लेखेको छ, “विवादित क्षेत्रको जनसांख्यिकीय संरचना परिवर्तन गर्ने उद्देश्यले 2019 अगस्त 5, मा र त्यसपछि सुरु गरिएका सबै गैरकानूनी उपायहरू रद्द गर्न आफ्नो आह्वान दोहोर्‍याउँछ ।”

२०१९ अगस्ट ५ मा, केन्द्रको नरेन्द्र मोदी सरकारले भारतीय संविधानको धारा ३७० अन्तर्गत जम्मू कश्मीरलाई प्राप्त ‘विशेष राज्यको दर्जा’ खारेज गरेको थियो।

सरकारले यो निर्णय अन्तर्गत दुई केन्द्र शासित प्रदेश बनाउने बताएको छ। एउटा जम्मू-कश्मीर र अर्को लद्दाख। अहिले यो निर्णय भएको चार वर्ष बितिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved