निर्माण व्यवसायमा देखिएका समस्याको भरपाइ गर्नसक्ने स्थिति छैनः अर्थमन्त्री महत

नेपालभ्युज

निर्माण व्यवसायमा देखिएका समस्याको भरपाइ गर्नसक्ने स्थिति छैनः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले स्रोत सुनिश्चितताको कमीका कारण निर्माण व्यवसायमा समस्या देखिएको बताएका छन् ।

शनिवार काठमाडौंमा नेपाल अडिटर्स एशोसिएशन (अडान) को १८ औं अडान डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्रोत सुनिश्चितता नहुँदा निर्माण व्यवसायमा देखिएका समस्या समाधानका भरपाइ गर्न सक्ने अवस्था नरहेको बताएका हुन् ।

‘हरेक क्षेत्रमा जस्तै राज्य संयन्त्रमा पनि समस्या छ । हामी समयमा कार्यान्वयन गर्दैनौं । धेरै कुरा हामी घोषणा गर्छौं’ उनले भने, ‘त्यो घोषणामा अन्तर्निहित विषयवस्तुको गहनता र गम्भीरतालाई हामी धेरै सोच्दैनौं । त्यसले धेरै समस्या आएको छ ।’

मन्त्री महतले हरेक क्षेत्रमा समस्या भएझैँ राज्य संयन्त्रमा पनि समस्या रहेको र त्यो समस्या समाधानको पक्षमा रहेको बताए । ‘५ करोड अहिले राखेर ५ अर्बको ठेक्का लगाइन्छ, स्रोत सुनिश्चितता नगरी वहुवर्ष भन्यौँ । ठेक्का लाग्यो काम थाल्यो’ उनले भने, ‘तर स्रोत छैन । त्यसले पनि अहिले निर्माण व्यवसायीसँग समस्या भइरहेको छ, दायित्वहरु सिर्जना हुँदै गयो, त्यसलाई समाधान गर्ने ब्याकअप, रिसोर्सेस छैन ।’

मन्त्री महतले घोषणा गर्ने तर त्यसको स्रोत सुनिश्चितताको बारेमा नसोच्ने कारण धेरै समस्या सिर्जना भइरहेको स्पष्ट पारे । उनले भविष्यको निर्णय गर्ने तर स्रोतको बारेमा जानकारी नराख्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेकोमा जोड दिए ।

अर्थमन्त्री महतले विचार नगरी गरिएका निर्णयका कारण समस्या उत्पन्न भएको भन्दै ती समस्या समाधानका लागि केही समय लाग्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved