प्रचण्डको भारत भ्रमणमा सत्ता स्वार्थका लागि मात्रै सम्झौताहरू भए : ओली

नेपालभ्युज

प्रचण्डको भारत भ्रमणमा सत्ता स्वार्थका लागि मात्रै सम्झौताहरू भए : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा सत्ता स्वार्थका लागि मात्रै सम्झौताहरू भएको टिप्पणी गरेका छन् ।

नेपालको परराष्ट्र नीतिसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणका समयमा राष्ट्रहित भन्दा पनि सत्ता स्वार्थका लागि मात्रै सम्झौता सहमतिहरू भएको आरोप लगाए ।

उनले  सरकारले मनपरी गर्दै जाने र देशको अहित हुने निर्णय, सन्धि सम्झौता गर्ने हो भने आफूले कुनै पनि हालतमा समर्थन नगर्ने बताए ।राष्ट्रिय हितका सवालमा सरकारसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको र यस्ता कुराहरूलाई भने आफ्नो पार्टीको जहिल्यै समर्थन रहने  उनले बताए ।

ईपीजी प्रतिवेदन, सीमाक्षेत्रका विषयजस्ता कुरा उठाएर समाधानका लागि पहल गर्नुपर्नेमा त्यसाे हुन नसकेकाे बताउँदै उनले सरकारले छिमेकी देशहरूसँग गर्ने सहमति सम्झौताका विषयमा सबैले थाहा पाउनुपर्ने भए पनि त्यो नभएको उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved