वासिङ्टन डीसीमा भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ।
लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ ७ः३० बजे गोली चलेको अमेरिकी प्रहरीले पुष्टि गरेको छ।
डीसी प्रहरी विभागले ट्विटरमार्फत जारी विज्ञप्तिमा भनेको छ, “आक्रमणबाट तीन जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको छ।”
डीसी प्रहरी प्रमुख रबर्ट कोन्टेले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार, संदिग्धहरू एक्कासि गाडीबाट बाहिर निस्किए र शनिबार राति मानिसहरूको भीडमा अन्धाधुन्ध गोली हानेका प्रत्यक्षदर्शीको भनाइ तथा प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
मृतक सबै वयस्कहरू हुन्। गोली चलाउने समूहबारे जानकारी ल्याउने जोसुकैलाई पनि ७५ हजार अमेरिकी डलरको इनाम घोषणा गरिएको छ।
Facebook Comment
Comment