महिला टी–२० विश्वकप एसिया कप छनोटअगाडि नेपाली टोलीको तयारी क्याम्प

नेपालभ्युज

महिला टी–२० विश्वकप एसिया कप छनोटअगाडि नेपाली टोलीको तयारी क्याम्प
तस्वीरः क्यान/फेसबुक

काठमाडौं। आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटमा भाग लिने नेपाल महिला क्रिकेट टोलीको तयारी क्याम्प हुने भएको छ।

नेपाल क्रिकेट संघ क्यानले मङ्गलबार तयारी क्याम्पमा सहभागी हुने खेलाडीको नाम सार्वजनिक गरेको हो।

सन् २०२३ आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअगाडि नेपाली टोलीले मलेसियामा क्षेत्रीय प्रतियोगिता खेल्ने पनि क्यानले जनाएको छ।

क्यानले क्याम्पको लागि २४ खेलाडीको नाम सार्वजनिक गरेको छ।

क्याम्पको सुचीमा रुबिना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्मचार्य, कृतिका मरासैनी, विन्दु रावल, अप्सरी बैगम, काजोल श्रेष्ठ, सम्झाना खड्का, इश्वरी विष्ट, ज्योति पान्डे, सरस्वती चौधरी, नेरी थापा, मनिषा चौधरी, रुबी पोदार, खुसी डंगोल, पुजा महतो, सबनम राई, रोमा थापा, कञ्चन श्रेष्ठ, सृष्टि जैसी र स्नेहा महराको नाम उल्लेख गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved