संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीस नियुक्ति सिफारिसको सम्भावना

नेपालभ्युज

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीस नियुक्ति सिफारिसको सम्भावना

काठमाडौं । आज मंगलबार संवैधानिक परिषद्को बैठक बस्दैछ ।

बैठक आज अपरान्ह ४ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गरिने बताइएको छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि नाम सिफारिस गरिन लागिएको हो ।

प्रधानन्यायाधीश कार्की अनिवार्य अवकाशमा जानु भन्दा एक महिना अगावै नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्नुपर्नेमा अहिलेसम्म परिषद्को बैठक बस्न सकेको थिएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved