कोसी प्रदेश : सभामुखलाई राजीनामा गराएर गठबन्धनले दाबी पेश गर्दै

नेपालभ्युज

कोसी प्रदेश : सभामुखलाई राजीनामा गराएर गठबन्धनले दाबी पेश गर्दै

काठमाडौं। कोशी प्रदेशमा बहुमतसहित सरकारको दाबी पेश गर्ने आज मङगलबार अन्तिम दिन हो ।

सर्वोच्च अदालतको आदेश अनुसार प्रदेश प्रमुख पर्शुरामले आज बेलुका ५ बजेसम्म बहुमतसहित सरकारको दाबी पेश गर्न समय दिएका छन् ।

बहुमत नपुग्ने भएपछि सत्ता गठबन्धनले कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर दाबी गर्ने तयारी गरेको छ । गठबन्धनले कांग्रेसका उद्धव थापालाई नै मुख्यमन्त्रीको रुपमा दाबी गर्दैछ ।

सभामुखले राजीनामा दिएमा गठबन्धनसँग ४७ सिट हुनेछ । जुन बहुमत हुन आउँछ । तर  अहिले गठबन्धनले सभामुखको राजीनामा गराएर बहुमत पुर्‍याएपनि विश्वासको मत लिने बेला एमालेले पनि उपसभामुखलाई राजीनामा गराउने तयार गरेकाले समस्या निम्तने देखिएको छ ।

गत असार २१ गते पनि थापाको नेतृत्वमा सरकार गठन भएको थियो । सभामुखको छुट्टै हस्ताक्षर प्रयोग गरेर सरकारमा दाबी पेस गरेपछि सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्तिको बदर गर्दै नयाँ सरकार गठन गर्न परमादेश दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved