सरकारी क्वार्टरमै अश्लील हर्कत गर्ने निरौलालाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन

नेपालभ्युज

सरकारी क्वार्टरमै अश्लील हर्कत गर्ने निरौलालाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन

काठमाडौं । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घन्टाभित्र हाजिर हुन निर्देशन दिएको छ ।

अधिकृत निरौलालाई सोमबार गोप्य/अति जरुरी लिखित निर्देशन पठाउँदै २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको मन्त्रालय स्रोतले जनाएको छ  । गत शनिबार सरकारी क्वार्टरमा महिलासँगको अश्लील गतिविधि गर्दै  गरेको भिडियो बाहिरिएपछि उनको सर्वत्र आलोचना हुँदै आएको छ।

उक्त  भिडिओ  उनकै कोठामा रहेकी महिलाले टिकटक लाइभबाट सार्वजनिक गरेकी थिईन् । भिडिओमा  निरौलाले स्थानीय महिलालाई राति क्वार्टरमा लगेको देखिन्छन्। अरुकै श्रीमतीसँग राति मदिरा सेवन गर्दै अनैतिक क्रियाकलाप गर्दै गरेको भिडिओमा देखिन्छ ।

क्वार्टरमै अश्लील हर्कत गरेको बाहिरिएपछि नगरपालिकाकै बेइज्जत भएको भन्दै स्थानीयले आपत्ति जनाएका छन्। दमक नगरपालिकाका कर्मचारीहरुले सोमबार  उनलाई कार्यालय प्रवेशमा रोक समेत लगाएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved