१० लाखभन्दा बढी रकमसहित टोखाबाट १२ जुवाडे पक्राउ

नेपालभ्युज

१० लाखभन्दा बढी रकमसहित टोखाबाट १२ जुवाडे पक्राउ

काठमाडौं। टोखा नगरपालिका–९ मिलन टोलस्थित एक गेस्ट हाउसबाट प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ। राजेन्द्रप्रसाद जोशीद्वारा सञ्चालित ‘सेती गण्डकी गेष्ट हाउस’बाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो ।

पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका–९ घर भएका ३६ वर्षीय राजेन्द्रबहादुर थापासहित १२ जना रहेका छन् ।

प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले आरोपितहरूको साथबाट १० लाख ४४ हजार ५ सय रुपैयाँ बरामद गरेको छ । जुवाडेहरूमाथि प्रहरी वृत्त महाराजगञ्जले थप अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved