थाइल्याण्डको पटाका गोदाममा आगलागि : नौ जनाको मृत्यु, सय जना भन्दा धेरै घाइते

नेपालभ्युज

थाइल्याण्डको पटाका गोदाममा आगलागि : नौ जनाको मृत्यु, सय जना भन्दा धेरै घाइते

एजेन्सी। दक्षिणी थाइल्याण्डको एउटा आतिशबाजी गोदाममा भएको विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् ।

सुङ्गाई गोलोक नामक सहरमा विस्फोट भएको हो । स्थानीय अधिकारीहरूका अनुसार सुनगाई सहरको यस भवनमा वेल्डिङको काम चलिरहेको थियो, त्यही कारण विस्फोट भएको हो ।

स्थानीय सञ्चारमाध्यमहरूले देखाइएका भिडियोहरूले क्षेत्रमा व्यापक क्षति भएको देखाएको छ। विस्फोटका कारण भवनमा आगलागी भएको र यसका कारण क्षेत्रका धेरै भवनमा क्षति पुगेको छ ।

विष्फोटका कारण गाडी, पसल र घरका झ्यालका सिसा उडेका छन्, छाना उडेका छन् र पर्खालहरु भत्किएका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved