सरकारले लगाएको भ्याटप्रति वायुसेवा सञ्चालक संघको असन्तुष्टि

नेपालभ्युज

सरकारले लगाएको भ्याटप्रति वायुसेवा सञ्चालक संघको असन्तुष्टि

काठमाडौं । वायुसेवा सञ्चालक संघ, नेपालले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरुमा भ्याट लगाएर सरकारले वायुसेवा क्षेत्रलाई अविश्वास गरेको बताएको छ ।

शुक्रवार काठमाडौंमा पत्रकारहरुसँग भेटघाट गर्दै वायुसेवा सञ्चालन संघ, नेपालका अध्यक्ष रामेश्वर थापाले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरुमा भ्याट लगाएर सरकारले सो क्षेत्रप्रति नै अविश्वास गरेको बताएका हुन् । उनले सरकारले हतारमा निर्णय गरेर सो क्षेत्रमा भ्याट लगाएको बताए ।

सरकारले आफूहरुसँग सल्लाह गरेरै गरेको भएपनि आफूहरु तयार हुने भन्दै उनले सरकारले यस विषयमा निष्पक्ष व्यवहार गर्न नसकेको बताए । उनले पुँजिगत खर्चमा भ्याट लाउनु व्यवहारिक नभएको पनि बताए।

उनले जहाजको इन्जिन लगायतका सामग्रीहरुमा भ्याट कम लाग्दा सहज रुपमा आपूर्ति हुने र त्यसले सेवामा सहजता थप्ने पनि बताए । पैसाको कारण आवाश्यक सामग्रीहरुमा सम्झौता गर्ने अवस्था बनेमा हवाइ सुरक्षामा समेत चुनौति थपिने उनको भनाई छ ।

‘पहिलो कुरा पुँजिगत खर्चहरुको हकमा, पहिला त हामीसँग सरोकार गरेर, छलफल गरेर गरिदिएको भए हामीले धेरै कुरा इन्पुट पनि दिनसक्थ्यौँ । भ्याटमा हामी नेगेटिभ त्यस्तो कोही पनि होइन’ उनले भने,  ‘सरकारले लगाएको भ्याटप्रति वायुसेवा सञ्चालक संघको असन्तुष्टि सर्भिसमा हामी भ्याट दिन तयार पनि छौँ । टिकटबाट उठाइरहने भ्याट हो । तर यसको प्रक्रियाका कुरा थुप्रै बाँकी छन्, कसरी गर्ने ? के गर्ने ? आजसम्म हामी भ्याटमा कहीँ रजिष्टर पनि छैनौँ ।’

उनले आफूहरु पनि विभिन्न सेवाका लागि भ्याटको तयारी गरिरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved