आज कुनैपनि नेपाली फिल्म रिलिज भएनन्, हलमा लागे तीन विदेशी फिल्म

नेपालभ्युज

आज कुनैपनि नेपाली फिल्म रिलिज भएनन्, हलमा लागे तीन विदेशी फिल्म

काठमाडौं। आज शुक्रबारबाट हलमा कुनै पनि नयाँ नेपाली फिल्म रिलिज भएन। तीन नयाँ विदेशी फिल्म प्रदर्शनमा आएको छ।
आज रिलिजका लागि नेपाली फिल्म नभएको कारण विदेशी फिल्महरुले मात्र रिलिज अवसर पाएको हो।

रिलिजमा आएको फिल्म हुन् ‘रकी और रानीकी प्रेम कहानी’, ‘टक टु मी’ र ‘धुम्’ । ‘रकी और रानीकी प्रेम कहानी’ बलिउड फिल्म हो भने ‘धुम्’ दक्षिण भारतीय र ‘टक टु मी’ अष्ट्रेलियाली फिल्म रहेको छ।

 

‘रकी और रानीकी प्रेम कहानी’
‘रकी और रानीकी प्रेम कहानी’ रणवीर सिंह, आलिया भट्ट, धर्मेन्द्र, जया बच्चन र सबाना आजमीको अभिनय रहेको फिल्म हो। करण जोहरको निर्देशन रहेको फिल्म कमेडी र फेमिली ड्रामा निर्माण भएको हो।

 

‘धुम्’
दक्षिण भारतीय फिल्म ‘धुम्’ ‘केजीएफ’ निमाण कम्पनी हम्बेल पिक्चर्सले बनाएको हो। पवनकुमार निर्देशित फिल्म एक्सन, एड्भेन्चर ड्रामा बताइएको छ। फहद फैसल, अपर्ना बालामुरली र रोशन माथ्र्युको मुख्य भूमिका फिल्ममा छ।

‘टक टु मी’
डेनी एण्ड माइकल फिलिपले संयुक्त निर्देशन रहेको फिल्म ‘टक टु मी’ अष्ट्रेलियाको सुपर न्याचुरल जनरामा निर्माण भएको हो। सोफी वाइल्ड, अलेकजान्ड्रा जेनसेन र जोय बर्ड लगायतको अभिनय फिल्ममा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved