यो जुलाई १ लाख २० हजार वर्ष यताकै तातो महिना हुने निश्चित

नेपालभ्युज

यो जुलाई १ लाख २० हजार वर्ष यताकै तातो महिना हुने निश्चित

एजेन्सी। बढ्दो गर्मीको लहरका बीचमा जुलाई महिना विश्वको अहिलेसम्मकै सबैभन्दा तातो महिना हुने निश्चित भएको वैज्ञानिकहरुले बताएका छन् ।

यो महिना यति तातो भएको छ कि अहिलेसम्मको जुलाई महिनाको रेकर्ड तोडिनेछ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले पृथ्वी ग्रह “विश्वव्यापी उमालेको युग” मा प्रवेश गरिरहेको बताएका छन्।

वैज्ञानिकहरू सहमत छन् कि अतिरिक्त गर्मी मुख्य रूपमा जीवाश्म ईन्धनको प्रयोगसँग जोडिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनलाई “अस्तित्वको खतरा” को रूपमा वर्णन गरेका छन् । उनले भनेका छन्, “अब कसैले पनि जलवायु परिवर्तनको प्रभावलाई अस्वीकार गर्न सक्दैन”।

केही विज्ञहरू विश्वास गर्छन् कि यो जुलाई गत १ लाख २० हजार वर्षमा सबैभन्दा तातो महिना हुन सक्छ। कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार विश्वको सबैभन्दा तातो दिन जुलाई ६ मा भएको थियो, र यस महिनाको सबैभन्दा तातो २३ दिन रेकर्ड गरिएको छ ।

लाइपजिग युनिभर्सिटीका डाक्टर कार्स्टेन हस्टेनले यो जुलाई जीवाश्म इन्धनको व्यापक प्रयोग हुनुअघि रेकर्ड गरिएको औसत जुलाईको तापक्रमभन्दा १.३ डिग्री सेल्सियस देखि१.७ डिग्री सेल्सियस हुने अनुमान गरेका छन्।

“यो जुलाई सबैभन्दा तातो मात्र होइन, तर पूर्ण विश्वव्यापी औसत तापक्रमको हिसाबले सबैभन्दा तातो महिना हुनेछ,” उनले एक विज्ञप्तिमा भनेका छन् ।

अन्वेषकहरूले विश्वभरका मौसम स्टेशनहरूबाट रिडिङहरू लिएर विश्वव्यापी हावाको तापक्रम पत्ता लगाउँछन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved