तीन हजार वटा कार बोकेको पानी जहाजमा आगलागी

नेपालभ्युज

तीन हजार वटा कार बोकेको पानी जहाजमा आगलागी

एजेन्सी । नेदरल्यान्ड्स नजिकैको समुन्द्रमा तीन हजार वटा कार बोकेको एक कार्गो पानी जहाजमा आगो लागेको छ  ।

जर्मनीबाट इजिप्ट गइरहेको पानी जहाजमा आगो लागेको अधिकारीहरुले जनाएका छन् ।  जहाजमा आगो लागेपछि चालक दलका केही सदस्य समुद्रमा हाम फालेका थिए ।

घटनामा एक जनाको ज्यान गएको छ।  रोयटर्सका अनुसार कुनै कारमा विद्युत सर्ट भएर आगो लागेको हुन सक्छ ।

ठूलो संख्यामा नौसेना खटिएर डुब्दै गइरहेको जहाज जोगाउने कोसिस गरिहेका छन् ।

जहाजमा आगाे लागेपछि एउटा हेलिकप्टरकाे सहयाेगमा चालक दलका २३ जना सदस्यलाई बाहिर निकालिएकाे खबरमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved