सर्वोच्चमा डेढघण्टा धर्नापछि पाटन उच्च अदालतमा बारको टोली

आज बारले देशभरका उच्च अदालतहरुमा विरोध सभा गर्ने कार्यक्रम यसअघि नै तय भएको थियो।

नेपालभ्युज

सर्वोच्चमा डेढघण्टा धर्नापछि पाटन उच्च अदालतमा बारको टोली

काठमाडौं। नेपाल बार एशोसिएशनले सर्वोच्च अदालत परिसरमा बुधबार पनि डेढघण्टा धर्ना दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारले सर्वोच्च परिसरमा धर्ना दिएको हो।

डेढघण्टाको धर्ना कार्यक्रमपछि बारको टोली उच्च अदालत पाटनतर्फ लागेको छ। आज बारले देशभरका उच्च अदालतहरुमा विरोध सभा गर्ने कार्यक्रम यसअघि नै तय भएको थियो।

उच्च अदालत पाटनमा विरोध सभाका लागि बारको टोली हिँडेको हो। आज देशभरका उच्च अदालतहरुमा त्यहाँको बारको इकाइले विरोध सभा गर्दैछन्। त्यसका लागि नेपाल बारले केन्द्रीय प्रतिनिधिहरु खटाएको छ।

बारले उच्च अदालत बार पाटनमा विरोध सभा आयोजना गर्न बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, कोषाध्यक्ष रुद्रप्रसाद पोख्रेल, केन्द्रीय सदस्य प्रकाश महर्जन, बारका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी लगायत सात जनालाई जिम्मेवारी दिएको छ।

उच्च अदालत बार सुर्खेतमा बारका उपाध्यक्ष रक्षा बस्याल लगायत तीन पदाधिकारी, उच्च अदालत बार जुम्लामा बारका उपाध्यक्ष मिनबहादुर महत, उच्च अदालत बार दिपायलमा बारका पूर्व उपाध्यक्ष अधिवक्ता राजेन्द्र बहादुर साउँद, उच्च अदालत बार महेन्द्रनगरमा उपाध्यक्ष उमेशप्रसाद विष्ट, उच्च अदालत बार तुल्सीपुरमा उपाध्यक्ष ईश्वरी प्रसाद भट्टराई, उच्च अदालत बार नेपालगञ्जमा उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ र बागलुङमा उपाध्यक्ष सुरेन्द्र थापामगरलाई जिम्मेवारी दिएको छ।

साथै उच्च अदालत बार पोखरामा बारका पूर्व अध्यक्ष शम्भु थापा, उच्च अदालत बार बुटवलमा पूर्व उपाध्यक्ष घनश्याम पन्त, उच्च अदालत बार ओखलढुंगामा केन्द्रीय सदस्य गंगासागर खत्री र उच्च अदालत बार हेटौंडामा पूर्व महासचिव विजयप्रसाद मिश्रलाई तोकिएको छ।

बारले उच्च अदालत बार वीरगञ्जमा पूर्व अध्यक्ष हरिहर दाहाल, उच्च अदालत बार जनकपुरमा महासचिव लीलामणि पौडेल, उच्च अदालत बार राजबिराजमा उपाध्यक्ष रामचन्द्र सिंह राजपूत, उच्च अदालत बार बिराटनगरमा पूर्व उपाध्यक्ष टीकाराम भट्टराई, उच्च अदालत बार धनकुटामा उपाध्यक्ष मानबहादुर रुम्दाली र उच्च अदालत बार इलाममा पूर्व उपाध्यक्ष डा कुमार शर्मा आचार्यलाई खटाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved