यी हुन् विश्वमा बस्न लायक शीर्ष १० सहर, एसियामा टोकियो मात्रै

नेपालभ्युज

यी हुन् विश्वमा बस्न लायक शीर्ष १० सहर, एसियामा टोकियो मात्रै

एजेन्सी। कोरोना महामारीको विश्वका धेरै शहरहरूमा जीवनको गुणस्तर फेरि बढेको छ।

इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको वार्षिक ग्लोबल लाइभबिलिटी इन्डेक्सका अनुसार समग्र जीवनयापन १५ वर्षको उच्चमा पुगेको छ । जसले स्थायित्व, स्वास्थ्य सेवा, संस्कृति र वातावरण, शिक्षा र पूर्वाधारलगायतका कारकहरूमा १ सय ७३ शहरहरूलाई मूल्याङ्कन गर्छ।

विश्वव्यापी रूपमा बढ्दो लागतको जीवनयापनको चिन्ता र कीभ जस्ता शहरहरूमा जारी द्वन्द्वको बीचमा नागरिकले अशान्तिको सामना गरेका छन् ।

विश्वभर महामारी  र प्रतिबन्धको अन्त्यले संस्कृति र वातावरणीय स्कोरमा भने सुधार गरेको छ । विभिन्न तथ्यांक र सर्वेक्षणको आधारमा बीबीसीले विश्वकै बस्न लायक उत्कृष्ट १० सहरको सूची सार्वजनिक गरेको छ ।

पहिलो नम्बरमा अष्ट्रियाको भियना सहर रहेको छ । अस्ट्रियाको राजधानी लाइभबिलिटी इन्डेक्समा नम्बर एक स्थानको लागि अपरिचित छैन, स्थायित्व, स्वास्थ्य सेवा, शिक्षा र पूर्वाधारमा उत्कृष्ट स्कोरको साथ भियना पहिलो नम्बरमा आएको हो ।

दोस्रो नम्बरमा डेनमार्कको कोपनहेगन र तेस्रो नम्बरमा अष्ट्रेलियाको मेलबर्न रहेको छ । चौथोमा क्यानडाको भ्यानकुभर र पाँचौमा जापानको ओसाका सहर परेको छ ।

शीर्ष १० सहरको सूचीमा एसियाको एकमात्र सहर जापानको ओसाका परेको हो । छैठौँ नम्बरमा न्युजिल्याण्डको अकल्याण्ड परेको छ, यस्तै सातौँ नम्बरमा अष्ट्रेलियाको सिड्नी, आठौंमा स्विट्जरल्याण्डको जुरिच, नवौँ र दशौँ नम्बरमा पनि क्यानडाका सहर परेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved