एमाले अध्यक्ष ओली र सीसीपी नेता युआनबीच भेटवार्ता

नेपालभ्युज

एमाले अध्यक्ष ओली र सीसीपी नेता युआनबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी)का नेता युआन च्याचिनबीच भेटवार्ता भएको छ ।

युआन र अध्यक्ष ओलीबीच एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको जनाइएको छ ।

साउन ७ गते काठमाडौं आएका चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनले इटलीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल कुराकानी गरेका थिए ।

उनले यसबीचमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved