ग्रीसमा भीषण डढेलो, पर्यटकसहित हजारौँलाई सुरक्षित स्थानमा सारियो

नेपालभ्युज

ग्रीसमा भीषण डढेलो, पर्यटकसहित हजारौँलाई सुरक्षित स्थानमा सारियो

एजेन्सी। ग्रीसको रोड्स टापुमा लागेको डढेलोका कारण पर्यटकसहित हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

देशको दमकल विभागले यो आगलागीलाई अहिलेसम्मकै सबैभन्दा कठिन चरणको रूपमा वर्णन गरेको छ। ३५ सय भन्दा बढी मानिसलाई जमिन र समुन्द्र मार्गबाट ​​सुरक्षित स्थानमा पुर्याएको अनुमान गरिएको छ ।

गत मङ्गलबारदेखि युरोपभर गर्मीको लहर चलिरहेको बेला यस टापुको जङ्गल जलिरहेको छ । हावाहुरीका कारण आगलागी झनै चर्किएको छ । ग्रीसको क्लाइमेट क्राइसिस एण्ड सिभिल प्रोटेक्शन मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म कसैलाई चोटपटक लागेको छैन ।

रोड्सका होटलहरूमा बसेका पर्यटकहरूलाई पनि सुरक्षित रूपमा बाहिर निकालेर अन्य टापुका होटलहरूमा पठाइएको मन्त्रालयले जनाएको छ। हाल यस क्षेत्रमा पाँच हेलिकप्टर र १ सय ७३ दमकलले काम गरिरहेका छन् ।

मौसम विभागका अनुसार ग्रीसमा गर्मी अझै बढ्न सक्ने र यो साताको अन्त्यमा तापक्रम ४५ डिग्री सेल्सियससम्म जान सक्नेछ । यदि यसो भयो भने ग्रीसमा पछिल्लो ५० वर्षमा सबैभन्दा तातो जुलाई हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved