क्राइमियाको हतियार भण्डारमा आक्रमण, कडा जवाफ दिने रुसको चेतावनी

रुसद्वारा नियन्त्रित क्रिमियाका गभर्नर सर्गेई अक्स्योनोभले यस आक्रमणको पछाडि युक्रेनको हात रहेको बताएका छन्, यद्यपि उनले यसको कुनै प्रमाण पेश गरेनन्। 

नेपालभ्युज

क्राइमियाको हतियार भण्डारमा आक्रमण, कडा जवाफ दिने रुसको चेतावनी

एजेन्सी।  रुसको कब्जामा रहेको क्राइमियाको एउटा हतियार भण्डारमा ड्रोन आक्रमण भएको छ ।

यसको पुष्टि गर्दै रुसी अधिकारीहरूले आक्रमण भएको पाँच किलोमिटर भित्र आउने नागरिकलाई त्यहाँबाट बाहिर निकालिएको बताए ।

युक्रेनको सेनाले आक्रमणको पुष्टि नगरी गोदाम र तेल भण्डारमा विस्फोटको भिडियो पोस्ट गरेको छ। रुसद्वारा नियन्त्रित क्रिमियाका गभर्नर सर्गेई अक्स्योनोभले यस आक्रमणको पछाडि युक्रेनको हात रहेको बताएका छन्, यद्यपि उनले यसको कुनै प्रमाण पेश गरेनन्।

सर्गेई अक्स्योनोभले पनि आफ्नो टेलिग्राम पोस्टमा जानकारी दिएका छन्, “प्रारम्भिक तथ्याङ्कका अनुसार अहिलेसम्म कुनै पनि मानवीय वा सम्पत्तिको क्षतिको खबर छैन।”

विस्फोटपछि केर्च ब्रिजमा रेल सेवा बन्द गरिएको अक्स्योनोभले बताए । ठूलो संख्यामा मानिसलाई बाहिर निकाल्दा उक्त क्षेत्रको ट्राफिक व्यवस्था पनि अवरुद्ध भएको छ । रूसी अधिकारीहरूले यसअघि शनिबार केर्च पुलमा यातायात बन्द गरेका थिए तर पछि यसलाई सवारी साधनको लागि खोलिएको थियो।

आक्रमण भएको ठाउँ यस पुलबाट करिब १६० किलोमिटर टाढा छ। यो पुललाई क्रिमिया ब्रिज पनि भनिन्छ। सन् २०१४ मा रुसले क्रिमिया कब्जा गरेको थियो ।

त्यसपछि यो पुल क्रिमियामा यसको पहुँचलाई सहज बनाउन निर्माण गरिएको थियो, जुन सन् २०१८ मा यातायातको लागि खोलिएको थियो।

क्रिमिया कब्जा गरपछि रुसले बनाएको यो पुललाई उसले शताब्दीकै उत्कृष्ट र सुन्दर संरचना भन्दै आएको छ । यो पुल रुसका लागि एक विजयको प्रतिक पनि हो ।

यो पुल दक्षिणी युक्रेनमा रूसी सेनाको आपूर्ति को लागी एक महत्वपूर्ण मार्ग भएको छ।रुसले हतियार भण्डारमा भएको आक्रमणको कडा जवाफ दिने चेतावनी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved