कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

नेपालभ्युज

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खडकाले सम्हाल्ने गरी तोकेका छन् ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कालाई दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाइटेड नेशन्स फुड सिस्टम-२०२३ स्टकिङ मोमेन्ट’ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved