काठमाडौं। सरकारले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) सँग सहकार्य गर्ने भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण तथा उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले आईक्यानसँग सहकार्य गर्ने बताएका हुन् ।
महतले भने, ‘उत्पादनलाई एक तहको सुरक्षा दिने नीति सरकारले लिएको छ । चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले चार्टर्ड एकाउन्टेन्ट उत्पादन गरोस् सरकारले वितरण गर्नेछ ।’ यस्तै, जवाफदेहिता र पारदर्शिता लागि यो संस्थाको भूमिका महत्त्वपूर्ण रहेको महतको भनाइ छ ।
आगामी दिनमा चार्टर्ड एकाउन्टेन्टको लोकप्रियता अझ बढ्दै जाने मन्त्री डा.महतले बताए ।
वित्तीय क्षेत्रमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्सले महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताउँदै मन्त्री डा.महतले चार्टर्ड एकाउन्टेन्ट बन्न धेरै कठिन रहे पनि नेपालमा ठूलो संख्यामा युवाहरू लागिरहेको बताए ।
Facebook Comment
Comment