मणिपुरमा महिलालाई निर्वस्त्र घुमाएको घटनामा प्रियंका चोपडाले के भनिन ?

नेपालभ्युज

मणिपुरमा महिलालाई निर्वस्त्र घुमाएको घटनामा प्रियंका चोपडाले के भनिन ?

एजेन्सी। चर्चित अभिनेत्री प्रियंका चोपडाले मणिपुरमा महिलामाथि भएको यौन शोषणको भिडियोलाई लिएर कडा टिप्पणी गरेकी छन् ।

उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यस विषयमा छिटो न्याय हुनुपर्ने लेखेका छन् । चोपडाले कारबाहीमा भएको ढिलाइप्रति असन्तुष्टि समेत व्यक्त गरेकी छिन् ।

प्रियंका चोपडाले लेखेकी छिन्, ‘यी जघन्य अपराधको ७७ दिनपछि एउटा भिडियो भाइरल भएपछि कारबाही गरिएको छ । तर्क होस् वा कारण होस्…कुनै फरक पर्दैन। यस समयमा हाम्रो सामूहिक लज्जा र आक्रोश एउटै कुराको लागि एउटै आवाजमा व्यक्त गर्नुपर्दछ … र त्यो हो “तत्काल न्याय”।

मे ४ मा मणिपुरको थौबल जिल्लामा यी महिलामाथि यौन दुव्र्यवहार भएको थियो । त्यसपछि मे १८ मा कांगपोकपी जिल्लामा शून्य एफआईआर दर्ता गरिएको थियो।

तर बुधबार उक्त भिडियो भाइरल भएपछि मात्रै यस मामिलामा पहिलो पक्राउ परेका हुन् ।  हालसम्म यस प्रकरणमा कुल चार जना पक्राउ परेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved