काठमाडौं । व्यवसायी दीपक मल्होत्राले १०० किलो सुन प्रकरणमा आफ्नो संलग्नता नभएको प्रष्टीकरण दिएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । “सुन प्रकरणमा मेरो कुनै संलग्नता छैन,” उनले भने ।
उनले आफ्नो संलग्नता भएको भए यत्तिबेला भागिसक्ने बताए । “यदि मेरो संलग्नता भएको भए यत्तिबेला मैले डाँडा काटिसक्थेँ होला । भागिसक्थेँ होला । म निर्दोष छु र नै यहाँ तपाईंहरूको बीचमा बसेर बोल्ने, स्पष्टीकरण दिने आँट गर्दैछु,” उनले भने ।
उनले आफ्नो नाम ब्रान्ड बनेकाले जसले पनि लिइदिने/लेखिदिने गरेको बताए । “यस्ता प्रकरणहरूमा बारम्बार मेरो नाम आउँछ । नचिनेको मान्छेको नाम आउँदाभन्दा ब्रान्ड बनेको नाम आउँदा विषय डाइभर्ट हुने भएकाले मेरो नाम आउँछ । तस्करीहरूले पनि लिइदिन्छन्, पत्रपत्रिकाहरूले पनि लेखिदिन्छन् । तर, मेरो संलग्नताचाहिँ कहीँ पनि हुँदैन,” उनले भने ।


Facebook Comment
Comment