सुनको मूल्यमा कीर्तिमान : प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ पुग्यो

नेपालभ्युज

सुनको मूल्यमा कीर्तिमान : प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ पुग्यो

काठमाडौं। सुनको मूल्यले नेपाली बजारमा कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छावापाला सुन तोलामा ५ सय रुपैयाँले बढ्दै १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको छ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख १३ हजार ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यो नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो ।

चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्र बढ्दै १ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved