प्रधानमन्त्री दम्पती महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

प्रधानमन्त्री दम्पती महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत चयन भएका छन्।

उनी गृह जिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए। सभापति देउवाले मञ्जुरीनामा मार्फत उम्मेदवारी दिएका थिए। यस्तै कांग्रेस नेतृ एवम् प्रधानमन्त्री देउवा पत्नी आरजु राणा पनि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएकी छन्।

कांग्रेस पार्टीको विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved