नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच बैंककमा भेटवार्ता

नेपालभ्युज

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच बैंककमा भेटवार्ता

काठमाडौं । नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीच थाइल्याण्डको बैंककमा भेटवार्ता भएको छ ।

बिम्स्टेक सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीहरुको छलफलका क्रममा भेट भएका साउद र जयशंकरले छुट्टै भेटवार्ता गरेका हुन् ।

सामाजिक सञ्जालमा साउदसँग छुट्टै भेट भएको तस्वीर पोस्ट गर्दैै जयशंकरले आ–आफ्ना एजेण्डा कार्यान्वयनमा सहकार्य गर्ने सहमति भएको लेखेका छन् ।

परराष्ट्रमन्त्री साउद आइतबार बैंकक गएका हुन् । बिम्स्टेकमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमार सदस्य छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved