सुडानको ओम्दुरमान शहरमा भीषण आक्रमण

नेपालभ्युज

सुडानको ओम्दुरमान शहरमा भीषण आक्रमण

खार्तुम। सुडानी सशस्त्र बलसँग द्वन्द्वरत अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले ओम्दुरमान शहरमा भीषण आक्रमण गरेको छ ।

सुडानी सेनाले एक प्रेस विज्ञप्ति निकालेर अस्पताललाई ड्रोन आक्रमणको निशाना बनाएको उसले पाँच जनालाई मारेको र २२ जना गैरसैनिक नागरिकलाई घाइते बनाएको बताएको छ । यस सम्बन्धमा आरएसएफले कुनै टिप्पणी गरेको छैन ।

राजधानी खार्तुमको उत्तरपश्चिममा अवस्थित ओम्दुरमानको मिलिटरी मेडिकल कोर अस्पतालको आपतकालीन परिसरमा आक्रमण गरेर आरएसएफले अन्तर्राष्ट्रिय मानवीय कानुन र युद्धका सबै नियमको उल्लङ्घन गरेको आरोप लगाएको छ । आक्रमणमा परेको अस्पतालबाट त्यसको स्थापनाकालदेखि नै नागरिक र सैन्य कर्मचारीलाई सेवा प्रवाह हुँदै आएको थियो ।

सुडानमा गत अप्रिल १५ देखि सुडानी सशस्त्र सेना र आएएसएफबीच सशस्त्र युद्ध जारी छ । पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार द्वन्द्वमा परी तीन हजारभन्दा बढीको मृत्युभएको छ भने ६ हजारभन्दा बढी घाइते भएका छन् ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved