साइनबोर्डमा होइन, व्यवहार लोकतान्त्रिक हुनुपर्छ: ओली

नेपालभ्युज

साइनबोर्डमा होइन, व्यवहार लोकतान्त्रिक हुनुपर्छ: ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नारामा भन्दापनि व्यवहारमा लोकतन्त्र हुनुपर्ने बताएका छन् । साइनबोर्ड झुण्ड्याउँदैमा लोकतन्त्र नहुने भन्दै उनले राजनीतिक दलसँगै सबैको व्यवहार र आचरण लोकतान्त्रिक हुनुपर्ने बताएका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘लोकतन्त्र, आचरण, व्यवहार, जीवनपद्धति र राज्यको कार्यशैलीमा हुनुपर्छ लोकतन्त्र । साइन बोर्ड र प्रणालीमा लोकतन्त्र भनेर मात्रै हुँदैन ।’

देशमा अहिले पनि धेरै नागरिक भोकमरीको चपेटामा रहेको र उनीहरुलाई मानव भएर बाँच्नै मुस्किल भइरहेको उनको भनाइ छ । ‘आधारभूत अधिकार नै पाउन सकेको छैन भने अरु कुरा कसरी पाउँछ ?’ भनेर प्रश्न गर्दै उनले भने, ‘लोकतन्त्रले जनताको जीवनमा राहत अनुभूति गराउन सक्नुपर्छ ।’

उनले देशमा मानव अधिकारको जग नै कमजोर रहेको टिप्पणी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved