राष्ट्रियसभामा अर्थमन्त्रीले भने: करको दर संशोधन हुन्छ

नेपालभ्युज

राष्ट्रियसभामा अर्थमन्त्रीले भने: करको दर संशोधन हुन्छ

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आवश्यकताअनुसार करको दर संशोधन गर्न सकिने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक विधेयक २०८० माथि दफावार छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले करको दर प्रस्ताव गर्दा सकारात्मक र नकारात्मक पक्षको समीक्षा गरिने र सोहीअनुसार संशोधन गर्न सकिने बताएका हुन् ।

‘करका विषयमा कहाँ के गर्दा ठीक हुन्छ भन्ने विषयमा हामी खुला छौँ । हामीले गरेका प्रस्ताव दायाँबायाँ हुँदैन भन्ने छैन । मोटामोटी आङ्कलन गरेर समग्रमा यसो गर्दा ठीक हुन्छ भन्ने भएर प्रस्ताव गरिएको हो’, अर्थमन्त्री महतले भने, ‘हामीले प्रस्ताव गरेका करका दरले कहाँ सकारात्मक र नकारात्मक असर परेको छ समीक्षा गरी सोही अनुसार दर निर्धारण हुन्छन् ।’

पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको पनि उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved