काठमाडौं । सरकारले मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद आगामी असोज २५ गतेसम्म थपेको छ । असार २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आयोगले म्याद थपेको जानकारी दिएकी हुन् ।
बिहीवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै उनले सरकारले भारतको गुजरातमा भारतलगायत विश्वका अन्य विकसित र विवकशील मुलुकहरुको समूह (जी२०) को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय पनि गरेको बताइन् ।
त्यस्तै सरकारले आर्थिक वर्ष २०८०–०८१ को लागि मोटा धानको प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३ सय ६२ न्यूनतम समर्थन मूल्य तोक्ने, नेपाल विद्युत प्राधिकरण, चैनपुर सेती जलविद्युत आयोजनाको विद्युत् गृहमा रहने संरचना निर्माण कार्यका लागि बझाङ, तलकोट गाउँपालिका वडा नम्बर २ र ३ स्थित करिव ७ हजार ३१९ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।
थाइल्याण्डले आयोजना गर्ने बिमस्टेक परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन परराष्ट्रमन्त्री नारायणप्रकाश साउद नृतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने, सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० को म्याद मिति २०८० असार २६ बाट लागू हुनेगरी एक महिना थप गर्ने, अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माण आयोजनाको लागि काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका नगरपालिका वडा नम्बर १०, १३ अन्तर्गत रहेको बाहुनडाँडा सामुदायिक वनको कुल जम्मा २.५०८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय पनि सरकारले गरेको छ ।
त्यस्तै सरकारले नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुरको सानोठिमीमा तोक्ने, पर्यटन विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, थवाङ गाउँपालिका, रोल्पालाई साविक थवाङ गाविस.वडा नम्बर २ स्थित ८९० वर्गमिटर जग्गा कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण गर्नका लागि प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्री शर्माका अनुसार सरकारले निजामति सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसिचिव लक्ष्मीकुमारी बस्नेतलाई बढुवा गर्ने, वन्यजन्तुबाट क्षति भएबापतको राहत वितरण निर्देशिका, २०८० स्वीकृति गर्ने निर्णय भएको छ ।
Facebook Comment
Comment