प्रचण्डलाई ओलीको समवेदना, सीताको निधनप्रति दुःख व्यक्त

नेपालभ्युज

प्रचण्डलाई ओलीको समवेदना, सीताको निधनप्रति दुःख व्यक्त
फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनमा दुःख गरेका गरेका छन् । ओलीले प्रधानमन्त्री प्रचण्डप्रति समवेदना पनि प्रकट गरेका छन् ।

पत्नी वियोगमा रहेका प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिँदै ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन सङ्गिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु । दिवङ्गत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।’

प्रचण्ड पत्नी सीताको बुधबार बिहान निधन भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved