काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालमा उत्पादित सामग्रीहरुलाई ब्राण्डिङ गरी विश्वबजारमा पुर्याउन आवश्यक रहेको बताएकी छन् । असार २३ र २४ गते चीनको गुइयाङ प्रान्तमा भएको इको फोरम ग्लोवल गुइयाङ–२०२३ कार्यक्रममा सहभागी भइ नेपाल फर्किएपछि मंगलवार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएकी हुन् ।
भ्रमणका क्रममा उनले गुइयाङ प्रान्तमा स्थानीय उत्पादनहरुलाई ब्राण्डिङ गरी विश्वबजारमा पठाउने गरेको र नेपालमा पनि आफ्ना स्थानीय उत्पादनहरु ब्राण्डिङ गरी विश्वबजारमा पठाउनुपर्ने आवश्यकता देखिएको बताईन् ।
‘त्यहाँको लोकल प्रोडक्टलाई बढी उहाँहरुले अग्र्यानिक चकलेटहरु बनाएर ब्राण्डिङ गरेर विश्वमा पुर्याएको देखियो’ उनले भनिन् ‘यबेन माउताई भन्ने हाम्रो जस्तै रक्सी सेतो, कोदो, अन्नबाट बनाएर ब्राण्डिङ गरेर पठाउने रहेछ, हामीमा पनि धेरै यस्ता कुरा छन्, त्यसलाई ब्राण्डिङ गर्नुपर्छ जस्तो लागेको छ ।’
भ्रमणबाट उपसभामुख राना नेतृत्वको संसदीय टोली असार २५ गते राति स्वदेश फर्किएको थियो । भ्रमण टोलीमा प्रतिनिधि सभाका सदस्यहरु मैना कार्की, भगवती चौधरी, डा. चन्दा कार्की भण्डारी र संघीय संसद सचिवालयका उपसचिव विमलराज जोशी सहभागी थिए ।
Facebook Comment
Comment