भारतले हामीलाई ‘रक्तस्नान’बाट जोगाएको छ-श्रीलंकाली सभामुख  

नेपालभ्युज

भारतले हामीलाई ‘रक्तस्नान’बाट जोगाएको छ-श्रीलंकाली सभामुख  

श्रीलंकाली सभामुख महिन्द यापा अभयबर्दनाले आर्थिक संकटको बेला विशेष सहयोग गरेर भारतले सम्भावित ‘रक्तस्नान’ बाट जोगाएको भन्दै अभार व्यक्त गरेका छन् ।

गत शुक्रबार भारतीय ट्राभल कांग्रेसका प्रतिनिधिसँगको भेटका क्रममा सभामुख अभयबर्दनाले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले भने–‘भारत श्रीलंकाको विश्वानीय मित्र हो । भारतको सहयोग विना संकटबाट हामी यति सजिलै बाहिर आउन सक्ने थिएनौं ।’

गत वर्ष श्रीलंका निक्कै ठूलो आर्थिक संकटमा फसेको थियो । आर्थिक संकट बढ्दै जाँदा त्यहाँ राजनीतिक परिवर्तन समेत भएको थियो । राष्ट्रपति गोताबाय राजपाक्षे देश छोडेर विदेश पलायन भएका थिए भने प्रधानमन्त्री महिन्दा राजपाक्षे विपक्षी दललाई सत्ता हस्तान्तरण गर्न बाध्य भएका थिए।

बेलायती शासनबाट सन् १९४८ मा स्वतन्त्र भएयता श्रीलंकाले यस प्रकारको आर्थिक संकट कहिल्यै सामना गर्नु परेको थिएन । केही महिना यता श्रीलंकाको आर्थिक स्थिति निरन्तर सुधार उन्मुख हुँदै गएको छ ।

श्रीलंकाको वैदेशिक मुद्राको संचिती निक्कै कमजोर भएपछि त्यस्तो आर्थिक संकट आएको थियो । त्यो बेला भारतले श्रीलंकालाई ४ अर्ब डलर बराबरको सहयोग गरेको थियो ।

सभामुख अभयबर्दनाले अगाडि भने–‘श्रीलंका र भारत असाध्यै नजिकका मित्र हुन् । यी दुई साँस्कृतिक र राष्ट्रिय दृष्टिकोणले मात्रै आर्थिक, नीतिगत दृष्टिकोणले पनि जोडिएका देश हुन् । मैले सुनेकी भारतले १२ वर्षका लागि श्रीलंकाको ऋण पुनर्संरचना गर्दैछ ।  कुनै एउटा देशले अर्को देशलाई यति ठूलो सहयोग गरेको सायदै उदाहरण होला ।’

सभामुखको थप अभिव्यक्ति थियो–‘मलाई यसो भन्न कुनै अप्ठ्यारो छैन कि भारतले हामीलाई जोगाएको हो । यदि भारतले हामीलाई जोगाउँदैनथ्यो भने गत वर्ष यहाँ धेरै ठूलो रक्तपात हुन सक्दथ्यो । दुई देशका सम्बन्धमा उतारचडाव होलान् तर जब श्रीलंकालाई कुनै संकट आउँछ, भारतले साथ दिने गरेको छ ।’

उनले भारतमा भनिने ‘सिंह’ र श्रीलंकामा भनिने ‘सिंहे’ को तुलना गर्दै भने–‘यसले हामी अनुवंशिक ढंगले पनि जोडिएका छौ कि भन्ने देखाउँछ । भारत हाम्रा लागि कुनै नयाँ  र अचिनारु देश हैन, हाम्रो जीवनपद्धतिकै एक हिस्सा हो । भारत हाम्रो मुटुमा छ ।’

अन्त्यमा उनले संकटको बेला श्रीलंका–भारत सम्बन्धलाई पुनर्जीवन दिएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति विशेष धन्यवाद व्यक्त गरे ।

(द इकोनमिक टाइम्सबाट)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved