दिल्लीमा २० वर्षयताकै ठूलो वर्षा, ढल र सडक अस्तव्यस्त

नेपालभ्युज

दिल्लीमा २० वर्षयताकै ठूलो वर्षा, ढल र सडक अस्तव्यस्त

एजेन्सी। भारतको राष्ट्रिय राजधानी दिल्ली सहित उत्तर भारतका धेरै भागहरूमा शनिबार रेकर्ड  वर्षा भएको छ ।

यसैबीच, आइतबार पनि उत्तर भारतका अधिकांश भागमा वर्षाको सम्भावना छ। मौसम विभागको अनुमान छ । मौसम पूर्वानुमान महाशाखाले आइतबारको लागि पहेंलो चेतावनी जारी गरेको छ ।

मनसुन सिजनको पहिलो भारी वर्षाले शनिबार दिल्लीमा २० वर्षको कीर्तिमान तोडेको छ। भारी वर्षाले राष्ट्रिय राजधानीका धेरै क्षेत्रमा डुबान परेको छ, रूखहरू उखेलिएका छन्, सवारीसाधनमा क्षति भएको छ भने ट्राफिक जाम पनि भएको छ ।

मौसम विभागका एक अधिकारीका अनुसार दिल्लीको प्राथमिक मौसम केन्द्र सफदरजंग अब्जर्भेटरीले बिहान ८:३० देखि साँझ ५:३० बजेसम्म १ सय २६.१ मिलिमिटर वर्षा रेकर्ड गरेको छ। पानी जमेका कारण सवारी चालकहरूले भारी ट्राफिक जामको सामना गर्नु परेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved