दक्षिण अफ्रिकामा ग्यास चुहावटका कारण १६ जनाको मृत्यु

नेपालभ्युज

दक्षिण अफ्रिकामा ग्यास चुहावटका कारण १६ जनाको मृत्यु

एजेन्सी। दक्षिण अफ्रिकामा ग्यास चुहावटका कारण १६ जनाको मृत्यु भएको छ ।

यो घटना जोहानेसबर्गको बोक्सबर्गमा भएको हो । मृत्यु हुनेमा बालबालिका र महिला रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । नाइट्रेट अक्साइड ग्यास चुहावटका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

जहाँबाट ग्यास चुहावट भयो, त्यसलाई अवैध सुन उत्खननसँग जोडिएको छ । नाइट्रेट अक्साइड ग्यास सामान्यतया अवैध सुन खानीमा प्रयोग गरिन्छ। यसलाई जामा जमास भनिन्छ। बक्सबर्गको घना बस्तीमा ग्यास चुहिएको सिलिन्डर बरामद भएको छ ।

ग्यास सिलिण्डरको एक सय मिटर वरपर रहेका सबैको ज्यान गएको खबरमा उल्लेख छ । बीबीसीका अनुसार सबै १ सय मिटर वरपर रहेका सबैको ज्यान गएको थियो कसैलाई पनि अस्पताल लगिएको थिएन ।

अझै धेरै जनाको शव फेला पर्ने आशंका गरिएको छ । उद्धार टोली घटनास्थलमा पुगेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved