प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे रास्वपाले पनि प्रश्न उठाउने

नेपालभ्युज

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे रास्वपाले पनि प्रश्न उठाउने

काठमाडौं । प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि सांसदमा प्रश्न उठाउने भएको छ । प्रतिपक्षी दल रास्वपाले बुधबारको संसद बैठकमा प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे प्रश्न उठाउने भएको हो ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन व्यापारी प्रितम सिंहले सक्रिय भूमिका खेलको भन्ने अभिव्यक्ति आपत्तिजनक भएको भन्दै रास्वपाले संसदमा प्रश्न उठाउन लागेको हो ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले पनि संसद अवरुद्ध गर्ने निर्णय गरेको छ । एमालेले प्रधानमन्त्रीको राजीनामा पनि मागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved