काठमाडौं । अहिले देशका धेरै ठाउँमा पानी परिरहेको छ ।
मनसुन सक्रिय भएका कारण पूर्वदेखि पश्चिमसम्म नै पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले डोटी, दैलेख, कास्की, गोरखा, सिन्धुली, सप्तरी लगायतका जिल्लामा ठूलो पानी परिरहेको छ ।
दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
Facebook Comment
Comment