अमेरिकामा भारतीय वाणिज्य दूतावासमा आक्रमण

नेपालभ्युज

अमेरिकामा भारतीय वाणिज्य दूतावासमा आक्रमण
सान फ्रान्सिस्कोमा भारतीय वाणिज्य दूतावास (फाइल फोटो)

एजेन्सी।  अमेरिकाको सान फ्रान्सिस्कोमा रहेको भारतीय वाणिज्य दूतावासमा कथित खालिस्तान समर्थकहरूले आक्रमण गरेको गरेका छन् ।

अमेरिकाले यस आक्रमणको कडा निन्दा गरेको बीबीसी हिन्दीले जनाएको छ । स्थानीय च्यानल दिया टिभीले शेयर गरेको भिडियोमा केही व्यक्तिले दूतावासमा आगजनी गरिरहेको देख्न सकिन्छ ।

दिया टिभीले लेखेको छ कि, यो भिडियो खालिस्तान समर्थकहरूले जारी गरेको हो। यस भिडियोमा खालिस्तान समर्थनको ह्यासट्याग प्रयोग गरिएको छ। यो घटना राति १:३० देखि २:३० को बीचमा भएको हो। दमकलले तुरुन्तै आगो निभाएको थियो ।

मिडिया रिपोर्टका अनुसार यस घटनामा धेरै क्षति भएको छैन र कुनै कर्मचारीलाई चोटपटक लागेको छैन।

यस घटनापछि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने, “भारतको वाणिज्य दूतावासमा भएको आक्रमणको अमेरिकाले कडा निन्दा गर्दछ। विदेशमा कूटनीतिज्ञहरूमाथि तोडफोड र हिंसा अमेरिकामा अपराध हो।”

यसअघि मार्चमा पनि यो वाणिज्य दूतावासमा खालिस्तान समर्थकहरूको संगठनले आक्रमण गरेको थियो। भारत सरकारले यस आक्रमणको घोर निन्दा गर्दै यसका लागि जिम्मेवार व्यक्तिलाई कारबाही गर्न माग गरेको छ ।

यसअघि बेलायतको लण्डनमा पनि खालिस्तान समर्थकहरूको एक समूहले भारतीय उच्चायोग बाहिर तिरङ्गा झारेको थियो।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved