विश्वकप छनोटको प्लेअफ फाइनल :  नेपालले आज आयरल्याण्डसँग खेल्दै

नेपालभ्युज

विश्वकप छनोटको प्लेअफ फाइनल :  नेपालले आज आयरल्याण्डसँग खेल्दै

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफ फाइनलमा नेपालले आज मंगलबार आयरल्याण्डसँग खेल्दैछन् ।

नेपाल र आयरल्याण्डबीचको खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ । नेपालले यूएईलाई र आयरल्याण्डले अमेरिकालाई हराएर प्लेअफको फाइनलमा पुगेका हुन् ।

सुपर सिक्समा पुग्न असफल चार वटा टिमले प्लेअफ खेलेका थिए । आज जित्ने देश सुपर सिक्स पुग्न नसक्ने टोलीमध्ये उत्कृष्ट बन्नेछ । विजेताले ट्रफी पनि पाउनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved