जेनिन आक्रमणमा ८ जनाको मृत्यु, सडकमा गोली प्रहार जारी

नेपालभ्युज

जेनिन आक्रमणमा ८ जनाको मृत्यु, सडकमा गोली प्रहार जारी

काठमाडौं। इजरायली सेनाले प्यालेस्टिनी सहर जेनिनमा गरेको आक्रमणमा ८ जना मारिएका छन्।

प्यालेस्टीनी स्वास्थ्य मन्त्रालयका अनुसार ५० भन्दा बढी घाइते भएका छन्। जसमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ।

जेनिनको विभिन्न क्षेत्रमा आगलागीसहित गोली पनि चलिरहेको बीबीसीले जनाएको छ। सोमबार बिहानदेखि सुरु भएको आक्रमणले जेनिनको अवस्था नाजुक बनाएको छ।

इजरायली सेनाले प्यालेस्टिनी शिविरमा ड्रोन आक्रमण गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved